फोक्सोमा पानी जम्दा गर्भवतीको मृत्यु
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।
शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पतालका डा.टसी आङ्जुक लामाले जानकारी दिए । फोक्सोको रगत नलीमा अड्किएको फोहर पानी बाहिर जान नसक्दा मृत्यु भएको डा.लामाले जानकारी दिए ।
सुत्केरी व्यथा लागेको केही समयपछि गाउँबाट जिल्ला अस्पतालमा थप उपचारका लागि ल्याए पनि उपचार हुन नसक्दा आज बिहान मृत्यु भएको हो । ती महिलाले पाँच महिनाको शिशुलाई जन्म दिएको जानकारी प्राप्त भएको छ । भौगोलिक विकटताका कारण समयमै उपचार हुन नसक्दा हुम्लाका गर्भवती महिलाले अकालमै ज्यान गुमाउनु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
-
सत्ता समीकरणबारे छलफल गर्न गण्डकी एमालेको बैठक बस्दै
-
औद्योगिक क्षेत्रको अनुगमन कर्मकाण्डी मात्र भएको भन्दै कांग्रेस सांसदहरूको असन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण