बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू

बिहीबार, ३२ असार २०८३, १७ : २९
बिहीबार, ३२ असार २०८३

सारांश

  • केही बेर परेको भारी वर्षाका कारण संघीय राजधानी काठमाडौँका विभिन्न सडक तथा चोकहरू जलमग्न भएका छन्।
  • विशेषगरी माइतीघर क्षेत्रमा सडकभरि पानी जमेका कारण सवारी साधनको आवतजावत प्रभावित भएको छ।
  • सडक जलमग्न भएपछि सवारी जाम सिर्जना भएको छ भने पैदलयात्रीहरूलाई बाटो काट्न सास्ती भएको छ।

काठमाडौँ । संघीय राजधानी काठमाडौँमा केही बेर परेको भारी वर्षाका कारण विभिन्न सडक तथा चोकहरू जलमग्न भएका छन्। 

वर्षाका कारण सडकमा पानीको निकास हुन नसक्दा ठाउँ–ठाउँमा पानी जमेर पोखरी जस्तै बनेको छ।

maitighar duban-291

विशेषगरी मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाट केही मिटर मात्रै टाढा रहेको माइतीघर क्षेत्रमा सडकभरि पानी भरिएको छ। मुख्य सडकमै पानी जमेका कारण सो क्षेत्र भएर चल्ने सवारी साधनको आवतजावत समेत नराम्ररी प्रभावित भएको छ। 

maitighar duban-292

सडक जलमग्न भएपछि सवारी चालकहरू लेन अनुशासन कायम राख्दै अघि बढ्न नसक्दा माइतीघर र आसपासका क्षेत्रमा सवारी जाम समेत सिर्जना भएको छ भने पैदलयात्रीहरूलाई बाटो काट्न निकै सास्ती भएको छ।

maitighar duban-293maitighar duban-294maitighar duban-295maitighar duban-296maitighar duban-297maitighar duban-298maitighar duban-299maitighar duban-300maitighar duban-301maitighar duban-302maitighar duban-303maitighar duban-304

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप