बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
अपडेट

प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित

बिहीबार, ३२ असार २०८३, १७ : ३५
बिहीबार, ३२ असार २०८३

सारांश

  • मिटरब्याज पीडितहरू सरकारसँग वार्ता गर्न बारामा सहमति नभएपछि काठमाडौँ आउन लागेका छन् ।
  • गृहमन्त्री सुधन गुरुङले पीडितका वार्ता टोलीका सदस्यहरूलाई सिमराबाट काठमाडौँका लागि विमान चढाएका छन् ।
  • अवधेश कुश्वाहाको संयोजकत्वमा गठन भएको वार्ता समिति काठमाडौँ आउँदैछ ।

काठमाडौँ । मिटरब्याज पीडितहरू सरकारसँग वार्ता गर्न काठमाडौँ आउन लागेका छन् । बिहीबार बेलुका उनीहरु सिमरा हुँदै  विमान चढेर काठमाडाैँ आउन लागेका हुन् ।

गृहमन्त्री गुरुङले पीडितका तर्फबाट वार्ता टोलीमा रहेका सदस्यहरूलाई सिमराबाट काठमाडौँका लागि विमान चढाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

पीडितहरूले अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । कुशहवासहित मनोज कुमार पासमान, रिजन राना मगर, लक्ष्मी घिमिरे र किरण परियार काठमाडौँ आउन लागेका हुन् ।

सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्नका लागि वार्ता टोली गठन गरेको थियो ।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा गठित उक्त टोलीमा अर्थ, गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप