बिहान खाली पेटमा खानुहोस् यो एक चिजः पेट राम्रोसँग सफा हुने, दाँत पनि बलियो
उत्कृष्ट स्वास्थ्यका लागि मानिसहरु खानपिनमा विभिन्न प्रकारका चिज समावेश गर्छन् । यस्ता खानेकुराले मेटाबोलिजमलाई बढाउँछ भने शरीर पनि फिट राख्छ । यिनै खानेकुरामध्ये एक हो तिल । आयुर्वेदका अनुसार भुटेको तिल चपाउँदा पेट राम्रो तरिकाले सफा हुन्छ । साथै दाँत र गिजा पनि बलियो हुन्छन् ।
दाँतका लागि ब्रस गर्नु मात्रै पर्याप्त छैन । दाँत र गिजालाई स्वस्थ राख्नका लागि अन्य केही विकल्प पनि अपनाउन आवश्यकता छ । क्याल्सियमयुक्त खानाले दाँत र गिजालाई बलियो बनाउँछ ।
भारतकी आयुर्वेदिक मसाज थेरापिस्ट निती शेठले इन्स्टाग्राममा आफ्नो एउटा पोस्टमा तिलका गुणबारे बिस्तारसँग बताएकी छिन् ।
शेठका अनुसार बिहान बिहानै भुटेको तिल चपाउँदा दाँत र गिजा बलियो हुन्छ । उनले लेखेकी छिन्, ‘तिल चपाएपछि मञ्जन वा पाउडर बिना नै एकपटक पुनः दाँत ब्रस गर्नुहोस् ।’
एक शोधमा पाइए अनुसार तिलमा क्याल्सियम भरपुर मात्रामा पाइन्छ जसले दाँत र गिजा वरिपरिका हड्डीलाई सुरक्षित राख्छ । यसले दाँत वरिपरि जमेको फोहोर हटाउने काम पनि गर्छ ।
तिल खानुका अन्य फाइदाः
बिहान बिहानै भुटेको तिल चपाउँदा कलेजो र पेट ठिक हुन्छ र पाचन तन्त्रमा सुधार आउँछ । शेठले लेखेका छन्, ‘ओरल हेल्थ हाम्रो दिनको महत्वपूर्ण हिस्सा हो । यो हाम्रो दाँत र गिजाका लागि मात्रै होइन यो पाचन तन्त्र, अंग र तन्तुलाई स्वस्थ राख्नका लागि पनि आवश्यक छ ।’
शेठ भन्छिन्, ‘तिल एक चमत्कारिक आयुर्वेदिक दाना हो । तिलले हड्डी, दाँत र कपाललाई बलियो बनाउन मद्दत गर्छ । यो कब्जियतका लागि पनि फाइदाजनक छ । तिलले सुख्खा खोकीमा पनि राहत प्रदान गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
-
एकैदिन ४२ विपद्का घटना
-
कुलमान घिसिङ भन्छन्– सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुहोस्
-
गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही
-
चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण