अनुष्काले छोरीको पहिलो फोटो सेयर गर्दै सार्वजनिक गरिन् नामः विराटले लेखे, ‘मेरो पूरा दुनियाँ एउटै फ्रेममा’
अनुष्का शर्माले आफ्नी नवजात छोरीको पहिलो झलक सोसल मिडियामा साझा गरेकी छिन् । यो तस्बिरमा भर्खरै आमाबुवा बनेका अनुष्का र विराट कोहलीले छोरीलाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ ।
अनुष्काले आफ्नो पोस्टमा छोरीको नाम पनि सार्वजनिक गरेकी छिन् । साथै उनले शुभकामना दिने सबैलाई धन्यवादसमेत व्यक्त गरेकी छिन् । उक्त फोटोमा कोहलीले लेखेका छन्, ‘मेरो पूरा संसार एउटै फ्रेममा ।’
अनुष्काले क्याप्सनमा लेखेकी छिन्, ‘हामी प्रेम र आभारसहित बसिरहेका छौं तर सानी वामिकाले हामीलाई भिन्न स्तरमा ल्याइदिएकी छिन् । आँसु, हाँसो, चिन्ता परम सुख.. यी सबै भावनाको अनुभव हामीले एक पलमा नै गर्यौं । हाम्रो निद्रा गायब छ तर मुटु भरिएको छ । तपाईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद ।’
३२ वर्षकी अनुष्काले गत जनवरी ११ तारिखमा छोरीलाई जन्म दिएकी हुन् । विराटले सोसल मिडियामा यसबारे जानकारी दिएका थिए । साथै आफ्ना प्रशंसकलाई निजताको सम्मान गरिदिन अपिलसमेत गरेका थिए ।
विराट र अनुष्काले पापाराजीलाई उनीहरुको छोरीको फोटो नखिचिदिन अपिलसमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण