शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतन्त्र र राष्ट्रियता बचाउने आन्दोलनमा जुटौंः शेखर कोइराला

बुधबार, २१ माघ २०७७, १६ : ३८
बुधबार, २१ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको आन्तरिक गुटबन्दी र भागबन्डा छाडेर लोकतन्त्र र राष्ट्रियता बचाउने आन्दोलनमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

जनताको मतबाट लेखिएको संविधान कम्युनिस्टहरुबाट च्यातिन सक्ने खतरा रहेको बताउँदै कोइरालाले संविधान जोगाउने कार्यभार काँग्रेसको काँधमा आएको बताए।

मोरङको बुढिगंगा गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संसद पुनःस्थापना नभएसम्म काँग्रेसले सडक संघर्ष नछाड्ने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप