४७ लागिन् करिश्मा, अभिनयमा हिट राजनीतिमा फ्लप
काठमाडौँं । नेपाली फिल्मकी सदाबहार अभिनेत्री करिश्मा मानन्धर ४७ वर्ष लागेकी छन् । विसं २०३० जन्मिएकी मानन्धर आजबाट ४६ पुरा गरेर ४७ लागेकी हुन् । वि.सं २०४२ मा निर्माण भएको फिल्म सन्तानबाट अभिनयमा डेब्यु गरेकी उनको फिल्म क्षेत्रमा कलाकार र निर्माताको परिचय बनेको छ ।
‘मायालु’,‘कस्तुरी’, ‘ट्रक ड्राइभर’, ‘भाउज’ु, ‘वसन्ती’ लगायत थुप्रै हिट फिल्म उनले नेपाली फिल्म उद्योगमा दिएकी छन् । अहिले पनि उनी फिल्म अभिनयमा सक्रिय छिन् । पछिल्लो समय फिल्म ‘फागु’ निर्माण गरेकी करिश्मा अहिले ‘बनवास’ बनाउने तयारीमा छिन् । करिव एक दशक अमेरिकामा समेत बिताएकी उनले नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्राको थालनी गरेकी थिइन् । तर उनको राजनीतिक यात्रा भने सुखद हुन सकेन । अहिले उनी राजनीतिलाई पूर्णविराम दिएर फिल्म निर्माण र अभिनयमा क्रियाशील छन् ।
राजनीतिक पार्टीमा रहँदा शिक्षामा कमी भएको कारण बिभिन्न घोचपेच सहन बाध्य उनले पछिल्लो समयमा अध्ययनलाई समेत अगाडि बढाइरहेकी छिन् । उमेर ४७ लागे पनि आज पनि उनको सुन्दरता भने १८, १९ को जस्तो देखिन्छ । त्यसको राज उनी खानपिन र सन्टुष्टी भएको बताउँछिन् ।
फेसनको माहोलमा पनि निकै सजग करिश्मा जहाँ पुग्छिन्, त्यहाँ उनको सौन्दर्य र फेसनको चर्चा हुने गर्दछ । आज देशभर नेकपा प्रचण्ड नेपाल समूहको बन्दका कारणले पनि उनले जन्मदिनको विशेष कार्यक्रम केही राखेकी छैनन् । जन्मदिन उनी सामान्य तवरले आफन्त माझ सेलिब्रेसन गर्दैछिन् । सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इराकद्वारा सन् २०२५ सम्ममा राष्ट्रसङ्घीय मिसन छाड्न आह्वान
-
शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक छ : प्रदेश प्रहरी प्रमुख खापुङ
-
दाङमा दुई महिलाको हत्या
-
एकोहोरो मिडिया ट्रायल गरेर रवि दोषी ठहर हुन्छन् ? : सूर्य थापा
-
गिरिबन्धु टी स्टेटको पूर्णपाठ सार्वजनिक : तीन बुँदे परमादेश र निर्देशन जारी
-
पनौतीको कला–सम्पदामाथि जोडिन पुगेको आधुनिक कलादीर्घा