भारतमा आज चक्काजाम
भारतमा कृषि कानूनविरुद्ध किसानको आन्दोलन जारी छ । किसानले शनिबार दिउँसो १३ बजेदेखि ३ बजेसम्म पूरा देशभरी चक्काजामको घोषणा गरेका छन् । किसान नेताले तर्फबाट दिल्ली एनसीआरमा चक्का जाम गर्ने घोषणा गरिएको छ तर पनि दिल्ली पुलिस सतर्क छ । २६ जनवरीको दिन भएको हिंसालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले छिमेकी राज्यसँग जोडिएको सीमामा सुरक्षा कडा पारिदिएको छ ।
दिल्ली प्रहरीका डिसीपी क्राइम चिन्मय विस्वालले टिकरी, सिंघु र गाजीपुर सीमामा सुरक्षा बढाइदिएको जानकारी दिएका छन् । दिल्लीभित्र पनि सुरक्षाका कडा प्रबन्ध मिलाइएको छ । नयाँ दिल्लीका डिसीपीले दिल्ली मेट्रोका अधिकारीलाई पत्र लेखेर आवश्यकता पर्दा राजिव चोक, केन्द्रीय सचिवालयसमेत इलाकाका १२ मेट्रो स्टेशनमा शर्ट नोटिसमा बन्द गर्नका लागि तयार हुन भनेको छ ।
The 'Chakka Jam' on 6th February to last from 12-3 pm, all national & state highways across the country will be blocked. Emergency and essential services, like ambulance and school bus, will not be stopped. Chakka Jam will be peaceful: Samyukta Kisan Morcha
— ANI (@ANI) February 5, 2021
दिल्ली प्रहरीका अनुसार किसानसँग कुनै कुरा हुन सकेको छैन । यसबारे अन्य माध्यममार्फत् किसानले दिल्लीमा चक्का जाम नगर्ने पत्ता लागेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । किसानले दिल्लीमा चक्काजाम नगर्ने घोषणापश्चात् पनि प्रहरी कुनै पनि प्रकारको स्थितीसँग जुध्नका लागि पूर्ण रुपमा तयार भएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटीलाई शीर्ष स्थानमा दुई अङ्कको अग्रता
-
इराकद्वारा सन् २०२५ सम्ममा राष्ट्रसङ्घीय मिसन छाड्न आह्वान
-
शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक छ : प्रदेश प्रहरी प्रमुख खापुङ
-
दाङमा दुई महिलाको हत्या
-
एकोहोरो मिडिया ट्रायल गरेर रवि दोषी ठहर हुन्छन् ? : सूर्य थापा
-
गिरिबन्धु टी स्टेटको पूर्णपाठ सार्वजनिक : तीन बुँदे परमादेश र निर्देशन जारी