एकैसाथ दुई बालिकालाई जबर्जस्ती गरेको आरोपमा पक्राउ
महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका–४ चकवा गाउँमा एकैसाथ दुई बालिकामाथि जबर्जस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा–४ बस्ने ४७ वर्षीय पुरन राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए ।
पक्राउ परेका राउतले स्थानीय ११ वर्षीया र नौ वर्षीया गरी दुई बालिकालाई शनिबार साँझ साढे ५ः०० बजेतिर गाउँभन्दा १०० मिटर दक्षिणमा रहेको खेसारी (दालबाली) को खेतमा जबर्जस्ती करणी उद्योग गरेको आरोप लगाइएको छ ।
बालिकाहरु त्यहाँबाट भागी घर आएर आ–आफ्ना आमालाई रुँदै कराउँदै सबै कुरा बताएपछि दुवैका आमाले आरोपितको घरमा गएर गाली बेइज्जती गर्दा कोही घरबाट ननिस्केको र पछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा टेलिफोन गरी घटनाबारे जानकारी गराएपछि प्रहरीले आरोपित पुरनलाई गए राति १०ः०० बजे पक्राउ गरी ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण