बेलायतमा एकै दिनमा एक हजार बढी संक्रमितको मृत्यु
लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा केहि दिनयता लगातार ओरालो लाग्दै गएको भए पनि मंगलबार ह्वात्तै बढेको छ । अघिल्लो दिन ३३३ जनाको मृत्यु भएकोमा मंगलबार मृतक संख्या बढेर १०५२ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी दिएको छ । पछिल्लो एकसातामा पाँच हजार ८३७ जना संक्रमितको मृत्यु भएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामाभित्र थप १२ हजार ३६४ जना नयां संक्रमित थपिएका छन् । नयां थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ७२ हजार १४८ पुगेको छ । संक्रमित संख्या भने अघिल्लो दिनको तुलनमा कमी आएको हो ।
बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ ।
हालसम्मको तथ्याङ्क अनुसार बेलायतका अस्पतालमा २६ हजार ७३२ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार २३० जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् । गत महिना बेलायतको अस्पतालमा भर्ना हुनेको संख्या ४० हजारको हाराहारीमा पुगेको थियो ।
बेलायतमा एक करोड २६ लाख बढीले लगाए खोप
बेलायतमा एक करोड २६ लाख भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याँक अनुसार हालसम्म एक करोड २६ लाख ४६ हजार ४८६ जनाले खोपको पहिलो डोज लिएका हुन् ।
जसमध्ये पाँच लाख १६ हजार ३९२ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण