जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा नेदरल्यान्ड्स र जापानले २-२ गोलको बराबरी खेलेका छन्।
- नेदरल्यान्ड्सले दुई पटक अग्रता लिए पनि जापानले अन्तिम समयमा गोल फर्काउँदै खेल बराबरीमा ल्यायो।
- जापानका कोकी ओगावाले ८९औँ मिनेटमा गरेको निर्णायक गोलसँगै खेल २-२ को बराबरीमा टुङ्गियो।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्ड्स र जापानले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अङ्क बाँडेका छन् । अमेरिकाको डल्लास स्टेडियममा भएको यस खेलमा जापानले अन्तिम समयमा गोल फर्काउँदै हार टारेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै नाटकीय र प्रतिस्पर्धात्मक रह्यो। खेलको ५०औँ मिनेटमा रायन ग्रेभनबर्चको पासमा डिफेन्डर भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्ड्सलाई १-० को सुरुवाती अग्रता दिलाएका थिए। तर, सात मिनेटपछि नै अर्थात् ५७औँ मिनेटमा जापानका केइतो नाकामुराले ताकेफुसा कुबोको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

नेदरल्यान्ड्सले पुनः आक्रामक खेल प्रदर्शन गर्दै ६४औँ मिनेटमा क्राइसेन्सियो समरभिलको गोलमार्फत २–१ को अग्रता बनाउन सफल भयो । खेल नेदरल्यान्ड्सको पक्षमा जाने देखिए पनि ८९औँ मिनेटमा जापानका स्ट्राइकर कोकी ओगावाले गोल गरेपछि डल्लास स्टेडियममा उपस्थित दर्शकहरू स्तब्ध भए। ओगावाको यो निर्णायक गोलसँगै जापानले खेललाई २–२ को स्थितिमा पुर्यायो ।
अन्तिम समयमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा नेदरल्यान्ड्सले निश्चित जितको अवसर गुमाएको छ भने जापानले उत्कृष्ट पुनरागमन गर्दै १ अङ्क जोड्न सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण