सकियो साम्राज्ञीको ‘तिम्रो मेरो साथ’
काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्काको मुख्य भूमिका रहेको फिल्म ‘तिम्रो मेरो साथ’ को छायाँकन सकिएको छ । क्यामेरा ‘अन’ भएको ३३ दिनमा फिल्म सकिएको हो । काठमाडौं र पोखरामा खिचिएको फिल्मको निर्माता तथा निर्देशक रमेश एमके पौडेल हुन् । केही फिल्म निर्माण गरेका पौडेलको निर्देशनमा भने यो डेब्यु फिल्म हो । फिल्म निर्माणको अनुभवलाई निर्देशनमा खन्याएको पौडेलले बताए ।
फिल्मका लेखक तथा कार्यकारी निर्माता सविर श्रेष्ठ, छायाँकार शिव ढकाल र नृत्य निर्देशक रामजी लामिछाने रहेका छन् । फिल्म नेपालभन्दा पहिला अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतमा प्रदर्शन हुने निर्देशक पौडेलले बताए ।
दशैं र तिहारको छेको पारेर नेपालमा प्रदर्शनमा आउने फिल्म बोधी एचडी र आर्यन फिल्मस्को ब्यानरमा बनेको हो ।
पुष्प र साम्राज्ञीको अलवा सन्दीप क्षेत्री, सरोज खनाल, इमिली लामा, खगेश्वर पुन मगर (खबपू) लगायतको पनि फिल्ममा अभिनय समेटिएको छ । योगेश काजीको संगीत रहेको फिल्मका निर्मातामा पासाङ लामा र सह–निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधीर पराजुली हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण