पोखरामा भएको सवारी दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते
पोखरा । पोखरामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पोखराको बुलौदी र हेम्जा याम्दीमा भएका छुट्टाछुटै दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी एक जना गम्भिर घाईते भएका छन् ।
लेकसाइडबाट जिरो किलोमिटर तर्फ आउँदै गरेको ग १३ प ३९२५ नम्बरको मोटरसाइकल बुलौदीमा दुर्घटना हुदाँ स्याङ्जा फेदिखोला गाउँपालिका १ मट्टिखानका १९ वर्षीय विवेक क्षेत्रीको मृत्यु भएको जिल्ल प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
बुलौदीमा आज राति १ बजे भएको दुर्घटनामा मटिट्टाखानकै २५ वर्षीयय दिवश गुरुङ घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
त्यसै गरी पोखरा २५ याम्दीमा भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका स्याङ्जा पुतलीबजार नगरपालिका ९ लामागे घर भई पोखरा ९ नागढुङ्गा बस्ने ४० वर्षका श्रीकृष्ण भण्डारीको मृत्यु भएको प्रवक्ता हमालले बताए ।
भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । बाग्लुङबाट पोखरा आउँदै गरेको ध १ ज ९८८ नम्बरको ट्याक्सीले हेम्जा याम्दीमा ग १७ प ९१६२ नम्बरको भण्डारी सवार स्कुटरलाई ठक्कर दिएको थियो । दुबै घटनाका वारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण