कोरोना बीमा दाबी भुक्तानीका लागि पुनर्बीमा कम्पनीले दियो एक अर्ब रुपियाँ
कोरोना बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपियाँ दिएको छ । यसअघि ३० करोड रुपियाँ दिइसकेको कम्पनीले ७० करोड रुपियाँ पनि दिएपछि आफ्नो भागको रकम पूरा गरेको हो ।
पुनर्बीमा कम्पनीले पुलमा एक अर्ब रुपियाँ दिने भनिएको थियो । कोरोना बीमाका लागि बनाइएको पुलमा पुनर्बीमा कम्पनीले आफ्नो भागको रकम दिएको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए ।
पुलमा हाल्नुपर्ने रकम पनि हाल्ने तयारी थालेको बीमा समितिले पनि एक अर्ब रुपियाँ पुलमा हाल्न लागेको छ । कोरोना बीमा पोलिसी ल्याउँदा बीमा शुल्कबाट प्राप्त भएको रकमबाट पहिला दाबी भुक्तानी गर्ने भनिएको छ । समितिका अनुसार अहिलेसम्म बीमा शुल्कबाट करिब एक अर्ब रुपियाँ उठेको छ ।
निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले आफ्नो महाविपत्ति कोषमा रहेको रकमबाट दाबी भुक्तानी गर्ने भनिएको य‚तो रकम पनि करिब एक अर्ब रुपियाँ हुने भनिएको छ ।
एक अर्ब रुपियाँको दाबी भुक्तानीका लागि पुनर्बीमा कम्पनी र त्यसपछिको एक अर्ब रुपियाँको दाबी भुक्तानीका लागि बीमा समितिले रकम प्रदान गरेपछि त्योभन्दा माथिको दाबी भुक्तानी परेमा नेपाल सरकारले दायित्व बहन गर्ने बताइएको छ
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण