राजश्व छलेर सूर्तिजन्य पदार्थ बिक्रीवितरण
सुर्खेत । सुर्खेतको वीरेन्द्रनमा रहेको शिव शिखर एग्रो कम्पनीले राजश्व छलेर सूर्तिजन्य पदार्थ कर्णालीका दुर्गम गाउँमा बिक्रीवितरण गर्ने गरेको पाइएको छ । शिव शिखर एग्रो कम्पनीले उत्पादन गरेको वयलकम सूर्ति राजश्व छलेर बजारमा आएको पाइएको हो ।
वयलकम सूर्तिको प्याकेटमा आन्तरिक राजश्व कार्यालयको ट्यागसमेत छैन । सोही कम्पनीले उत्पादन गरेको अर्को सूर्ति लिप्सले पनि करिब पाँच महिना अघिसम्म राजश्व छलेको जनाइएको छ । पाँच महिनायता भने लिप्समा आन्तरिक राजश्व कार्यालयको ट्याग लगाएको छ ।
दुर्गम पहाडी जिल्लाका उपभोक्तालाई लक्षित गरी उक्त सूर्ति उत्पादन भइरहेको स्रोतले बताएको छ । ‘दुर्गमका मान्छेले केही नहेरेर प्रयोग गर्छन्,’ स्रोतले भन्यो, ‘दुर्गममा पठाएर उक्त कम्पनीले राजश्व छली गर्दै आएको छ ।’
करिब आठ वर्षदेखि यस कम्पनीले सूर्तिजन्य पदार्थ उत्पादन गर्दै आएको छ । राजश्व छलेर बजारमा आएपछि उक्त, कम्पनीको सूर्तिसमेत बाँकेको कोहलपुर प्रहरीले बरामद गरेको थियो । अहिले सोही विषयमा तारेख पनि खेपी रहेको कम्पनी स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण