बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बल्ल पायो महाबु अस्पतालले एमबीबीएस डाक्टर

शुक्रबार, ०७ फागुन २०७७, १७ : १०
शुक्रबार, ०७ फागुन २०७७

सुर्खेत । दैलेखको उत्तरी क्षेत्रमा पर्ने महाबुमा सञ्चालनमा आएको महाबु अस्पतालले एमविविएस डाक्टर पाएको छ । दरखास्त आह्वान भएको लामो समयसम्म निवेदन नपरेको उक्त, अस्तालले शुक्रबारदेखि एमबीबीएस डाक्टर पाएको हो । 

डाक्टरको दरखास्त नपरेपछि अस्पताल सञ्चालनमा आउन नसकेको समाचार रातोपाटी लगायतका सञ्चारमाध्याममा  प्रकाशन भएपछि १५ जना एमबीबीएस डाक्टरको  निवेदन परेको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रमेश दशौदीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार उक्त, निवेदन बमोजिम आठजना डाक्टरहरुलाई छोटो सूचीमा राखी भर्चुअल माध्यामबाट अन्तरवार्ता गरी डाक्टर छनोट गरिएको थियो । 

छोटो सूचीमा रहेका डाक्टरहरुमध्ये उत्कृष्ट छनोट गर्दै गाउँपालिकाले डाक्टर शिशिर गिरीलाई छनोट गरेको हो ।  डाक्टर शिशिर गिरीले शुक्रबारदेखि महाबु अस्पतालबाट सेवा सुचारु गरेका हुन् । डाक्टर नपाएर अस्पताल सञ्चालन हुन नसकेको अवस्थामा डाक्टर ल्याउनका लागि सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दछु’ गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही भने,‘अब महाबुका नागरिकले घरदैलोबाटै एमबीबीएस डाक्टरको सेवा प्रदान गर्न सफल भएका छन् ।’  उनले नागरिकको स्वास्थ्य सुरक्षा गर्ने जिम्मेवारी सरकारको भएको भन्दै कोही पनि नागरिक स्वास्थ्य सेवा बञ्चित हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप