विप्लवलाई चिन्न ५ वर्ष नलाग्ने किरातीको ठोकुवा
आइतबार, ०९ फागुन २०७७, ०८ : ३४
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीले ‘विप्लवलाई चिन्न ५ वर्ष पनि नलाग्ने’ ठोकुवा गरेका छन् ।
आज उनले एक फेसबुक स्टाटस लेख्दै उनले सो दावी गरेका हुन् ।
आफ्नो स्टाटसमा उनले लेखेका छन् :
राजकीय सत्तासीन भएपछि ओलीलाई चिन्न ३० बर्ष र प्रचण्डलाई चिन्न १५ बर्ष लाग्यो भने विप्लबलाई चिन्न ५ बर्ष पनि लाग्दैन। सत्ता साझेदारी खोजेका विप्लब समुहको राजनीतिक मृत्युको कारण अवस्तुवादी दृष्टिकोण तथा उपभोक्तावादी सँस्कृति हो।
हिजो जनयुद्ध कालमा विप्लवसँग घनिष्ठ रहेर सहकार्य गरेका किरातीको यो स्टाटस त्यो बेलामा आएको छ, जुन बेलामा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले एक वक्तव्य जारी गर्दै सत्तारुढ ओली समूहसँग वार्ताको पहल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण