प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गा-नौबिसे सुरुङमार्ग अवलोकन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा–नौबिसे सुरुङमार्गको निरीक्षण गरेका छन् । आइतबार नागढुङ्गाको दहचोक टुटेपाखा स्थित सुरुङमार्ग निर्माणधीन स्थलमा पुगेर अवलोकन गरेका हुन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेश प्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले अवको १३ महिना भित्रमा सुरुङ खन्ने कार्यको ब्रेक थ्रु हुने गरी काम भइराखेको समेत बताए ।
सुरुङमार्ग निर्माण कार्यको निरीक्षण गर्न प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ पनि पुगेका थिए । सो अवसरमा मन्त्री नेम्वाङ्ले ४२ महिनामा निर्माण सम्पन्न गर्ने समय अवधि तोकिएको भएपनि अहिले सम्म १५ महिना व्यतित भइसकेको र अझै २७ महिना बाँकी रहेकोले अहिलेकै गति अनुसार निर्माण कार्य भइराखे समयमै निर्माण सम्पन्न हुने बताए ।
नागढुङ्गा सुरुङमार्ग आयोजनाको निर्माण कार्य जापानी कम्पनी हाजमा–आन्द्रो जेभीले गरिरहेको छ । सुरुङमार्ग निर्माणका लागि विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा आन्द्रो जेभीबीच २०७६ असोज ६ गते सम्झौता भएको थियो । तर सुरुङ खन्ने काम भने गत पुसदेखि शुरु भएको थियो । दहचोकदेखि सिस्ने खोलासम्म सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ भने चौडाई ९ दशमलव ५ मिटर रहको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण