आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गा-नौबिसे सुरुङमार्ग अवलोकन

आइतबार, ०९ फागुन २०७७, १८ : ५४
आइतबार, ०९ फागुन २०७७

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा–नौबिसे सुरुङमार्गको निरीक्षण गरेका छन् । आइतबार नागढुङ्गाको दहचोक टुटेपाखा स्थित सुरुङमार्ग निर्माणधीन स्थलमा पुगेर अवलोकन गरेका हुन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेश प्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले अवको १३ महिना भित्रमा सुरुङ खन्ने कार्यको ब्रेक थ्रु हुने गरी काम भइराखेको समेत बताए । 
सुरुङमार्ग निर्माण कार्यको निरीक्षण गर्न प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ पनि पुगेका थिए । सो अवसरमा मन्त्री नेम्वाङ्ले ४२ महिनामा निर्माण सम्पन्न गर्ने समय अवधि तोकिएको भएपनि अहिले सम्म १५ महिना व्यतित भइसकेको र अझै २७ महिना बाँकी रहेकोले अहिलेकै गति अनुसार निर्माण कार्य भइराखे समयमै निर्माण सम्पन्न हुने बताए ।

नागढुङ्गा सुरुङमार्ग आयोजनाको निर्माण कार्य जापानी कम्पनी हाजमा–आन्द्रो जेभीले गरिरहेको छ । सुरुङमार्ग निर्माणका लागि विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा आन्द्रो जेभीबीच २०७६ असोज ६ गते सम्झौता भएको थियो । तर सुरुङ खन्ने काम भने गत पुसदेखि शुरु भएको थियो । दहचोकदेखि सिस्ने खोलासम्म सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ भने चौडाई ९ दशमलव ५ मिटर रहको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप