सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरेन्द्रनगरमा दिपावली
मङ्गलबार, ११ फागुन २०७७, २१ : १५
सुर्खेत । प्रतिनिधिसभा विघटनको फैसला सर्वोच्च अदालतले बदर गरेपछि सुर्खेतमा खुसियालीसहित दिपावली मनाइएको छ । ‘प्रचण्ड–नेपाल’ समर्थक नेताहरुले प्रदेश राजधानी वीरेन्द्रनगरको वीरेन्द्र चोकमा दीप प्रज्जवलनसहित खुसियाली मनाएका हुन् ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश सभाका सांसदहरु, विद्यार्थी नेता तथा स्थानीय नेता, कार्यकर्ताहरु सहभागी भएका थिए । सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै दिपावली गरिएको सांसद सुशीलकुमार थापाले जानकारी दिए ।

उनले अदालतको यो फैसला ऐतिहासिक जित भएको भन्दै प्रतिक्रिया दिए । विद्यार्थी नेता सपना आरशीले ओलीको कदम असंवैधानिक भएकाले अदालतले गरेको फैसला जनताको पक्षमा भएको बताइन् । ‘यो जीत सबै नेपाली जनताको हो,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण