गर्जियस लुक्समा जान्हबी
शुक्रबार, १४ फागुन २०७७, १९ : ५२
मुम्बई । अभिनेत्री जान्हबी कपुर लुक्स तथा फिल्म अभिनयका कारण हमेशा चर्चाको विषय बन्ने गर्छिन् । लुक्सका कारण चर्चामा कसरी आउने उनले राम्ररी बुझेकी पनि छिन् । त्यसैले पनि सामाजिक सञ्जालमा उनी चर्चा योग्य तस्बिर सार्वजनिक गर्छिन् ।
अहिले पनि सामाजिक सञ्जालबाट उनका केही गर्जियस लुक्सको तस्बिर बाहिर आएको छ । जुन भाइरल भैरहेको देख्न सकिन्छ । तस्बिरमा उनी निकै हट देखिएकी छन् । लुक्सको कुरा गर्ने हो भने तस्बिरमा उनी सिल्वर कलरको शिमरी टपका साथ पिंक कलरको ट्राउजरमा देखिएकी छन् । यो गेटअपमा उनलाई सुहाएको पनि छ । उनको यो लुक्सको फ्यान तारिफ समेत बर्साएका छन् ।
कामको कुरो गर्ने हो भने उनी पछिल्लो समय नेटफ्लिक्समा रिलिज फिल्म ‘गुन्जन सक्सेना – द कारगिल गर्ल’मा देखिएकी थिइन् । अहिले उनी आफ्नो आउँदो फिल्म ‘रुही’को प्रमोशनमा व्यस्त छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् सम्भावित ८ कार्यसूची
-
बजेट निर्माणको बेला कर्णालीको एउटा मन्त्रालय मन्त्री विहीन, एक सचिव विहीन
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
लुम्बिनीमा पहिलो आवधिक योजनाको लक्ष्य प्राप्त भएन
-
यी चार प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर