बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा

बिहीबार, १८ असार २०८३, ०७ : ५४
बिहीबार, १८ असार २०८३

सारांश

  • विश्वकप २०२६ को सह-आयोजक अमेरिका बोस्निया एन्ड हर्जगोभिनालाई २-० गोलले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।
  • अमेरिकाका लागि फोलोरिन बालोगुनले पहिलो हाफमा गोल गरे भने दोस्रो हाफमा रातो कार्ड पाए ।
  • मलिक टिलम्यानले ८२ औँ मिनेटमा गोल गर्दै अमेरिकाको जित सुनिश्चित गरे, जुन २००२ पछि पहिलो नकआउट जित हो ।

सान फ्रान्सिस्को । फोलोरिन बालोगुन एकै खेलमा हिरो र भिलेन दुवै बने पनि विश्वकप २०२६ को सह-आयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अमेरिका २-० गोलले विजयी बनेको हो ।

पहिलो हाफको अन्तिमा समयमा फोलोरिन बालोगुनले गोल गर्दै टोलीलाई दिलाएका थिए । मलिक टिलम्यानले बालोगुनलाई बक्सको दायाँतर्फ पास उपलब्ध गराएका थिए । बालोगुनले त्यसलाई गोलरक्षक निकोला भासिलीको मुनिबाट प्रहार गर्दै गोलमा परिणत गरे । प्रतियोगितामा उनको यो तेस्रो गोल थियो।

तर, गोल गरेर हिरो बनेका बालोगुन दोस्रो हाफमा भिलेन बने । ६४ औँ मिनेटमा बोस्नियाका डिफेन्डर तारिक मुहारेमोविचलाई फल हानेपछि उनले रातो कार्ड पाए । यो विश्वकपमा १२ औँ रातो कार्ड थियो जुन सन् २०२२ को कतार विश्वकपभन्दा तीन गुणा बढी हो ।

१० खेलाडीमा सीमित बनेको अमेरिकाका लागि मलिक टिलम्यानले ८२ औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । सन् २००२ पछि अमेरिकाले नकआउट खेल जितेको यो पहिलो अवसर हो ।

अब टोलीले अन्तिम १६ मा बेल्जियमको सामना गर्नेछ । प्रशिक्षक मौरिसियो पोचेटिनोको नेतृत्वमा रहेको ऊर्जावान् अमेरिकी टोली समूह 'डी' को विजेता बन्दै यहाँसम्म आइपुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप