कर्णाली प्रदेश मन्त्रिपरिषद बैठकः अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस
सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले दुईवटा अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । गत ४ फागुनमा बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै आइतबार सो कुराको जानकारी दिइएको हो ।
बैठकले दुई अध्यादेश जारी गर्न प्रदेश प्रमुख गोविन्द कलौनी समक्ष सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेकी भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । बैठकले प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन (पहिलो संशोधन) र प्रदेश लोकसेवा आयोग (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्न सिफारिस गरेको छ।
यस्तै बैठकले एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ स्वीकृत गर्ने, बाढी पहिरो समस्या समाधान समितिमा पदाधिकारीहरू मनोनित गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको मन्त्री केसीले बताइन् । त्यस्तै कर्णाली प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमतिका लागि स्वीकृति दिने र सामुदायिक क्याम्पस र बहुप्राविधिक शिक्षालयतर्फ विनियोजित बजेट रकम विद्यालयहरू समेतको पूर्वाधार विकासका लागि रकमान्तर प्रस्ताव स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६७ वर्षका बिरामीको विनाचिरफार मस्तिष्कको जटिल उपचार सफल
-
चिनियाँ चार प्रमुख सहरका मौलिक कलाकृतिको राजधानीमा प्रदर्शनी
-
साढे तीन वर्षपछि पहिलोपटक दक्षिण कोरियाको केन्द्रीय बैंकले बढायो ब्याजदर
-
उच्च अदालत जनकपुरमा न्याय सम्पादन चुस्त: दुई वर्ष नाघेका सबै मुद्दा शून्यमा
-
लागुऔषध र तरकारीको झोलामा लुकाएर ल्याएको पेस्तोलसहित दुई जना पक्राउ
-
अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण