कर्तव्य ज्यान मुद्दाका आरोपी १६ वर्षपछि पक्राउ
आइतबार, १६ फागुन २०७७, १७ : ५६
बुटवल । दाङमा कर्तव्य ज्यान मुद्दामा फरार एक अभियुक्तलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ कटाहा निवासी ५५ वर्षीय लीलाबहादुर खत्री रहेका छन् । खत्रीलाई २०६१ साल चैत्र २९ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वोच्च अदालतले १५ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
उनी हालसम्म भारतको चण्डिगढमा लुकिछिपी बसिरहेका थिए । आइतबार घरमा आएको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले तुलसीपुर १० राईखल्यानस्थित आफ्नै घरबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्त एवम् डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उनलाई आजै दाङ जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
-
सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण