मेची–महाकाली बुहारी संयुक्त आवाज अभियान : शैक्षिक सामग्री बितरणसँगै अक्षयकोष स्थापना
बुटवल । मेची–महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशका तीन जिल्ला कपिलवस्तु ,रुपन्देही र पाल्पाको संयुक्त आयोजनामा पाल्पाको रैनादेवी छहरा गाँउपालिका वडा ७ बल्डेङ्गढी रहेको श्री गहते माध्यमिक विद्यालयमा बाल यौन हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम तथा ब्याग, स्टेशनरी र शैक्षिक सामग्री बितरण कार्यक्रम गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर अर्थविद् डा.चिरञ्जीवी नेपालले १४० जना बिद्यार्थीहरुका लागी आवश्यक कपि, कलम , मास्क र १४० थान व्याग लगायतका सामग्री विद्यालयका प्रधानाध्यापक भोज प्रसाद खड्कालाई प्रदान गर्नु गरेका थिए ।
अर्थविद नेपालले मेची–महाकाली बुहारी संयुक्त आवाजले अहिले देशव्यापी रुपमा आवाज विहिनहरुको आवाजलाई बुलन्द पार्दै अन्यायका बिरुद्ध न्यायका लागि देशका कुना कन्दरा बाट गरेकामा प्रशंसा गरेका थिए । उनले पछिल्ला समय विभिन्न सामाजिक संजाल प्रयोगकर्ता हरुले समाजिक संजालको दुरुपयोग गर्दा समाजमा विकृतिसँगै हिंसा बृद्धि भएको बताए ।
त्यस्तै मेची–महाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय सल्लाहकार सुर्यहरी मरहठ्ठाले महिला तथा बालबालिका र लैङ्गिक हिंसा विरुद्ध निरन्तर खटिरहने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
लुम्बिनी प्रदेश संयोजक लता खड्काद्वारा नारायण राधा खड्का मेची महाकाली संयुक्त आवाज लुम्बिनी प्रदेश नामक एक लाखको अक्षय कोषको समेत स्थापना गरेको बताइन् ।
संयोजक खड्काले कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट बञ्चित हुन नपरोस् र शिक्षामा प्रेरित गर्ने उद्देश्यका साथ आफ्ना बुवा आमाको नाममा उक्त विद्यालयमा अक्षय कोषको समेत स्थापना गरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण