परिवार दलका अध्यक्ष ढकाललाई मातृशोक
आइतबार, २२ असोज २०७४, १० : १६
चितवन । नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष एकनाथ ढकाललाई मातृशोक परेको छ । ढकालकी ८२ वर्षिय आमा टंक कुमारी ढकालको निधन भएको हो ।
उनी कालिका नगरपालिका वडा नम्वर ६ खोलेसिमलमा वस्दै आएकी थिइन् । लामो समयदेखि दमको रोगले ग्रसित स्वर्गिय ढकाल यहि असोज १६ गतेदेखी पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना भएकी थिइन् ।
उनको पार्थिव शरिरलाई शनिबार पवित्र तिर्थस्थल देवघाटधाममा हिन्दु परम्परा अनुसार अन्त्यष्टी गरिएको छ ।
स्वर्गिय ढकालका २ छोरा र ७ छोरी रहेका छन् ।
उनका जेठा छोरा एकनाथ ढकाल परिवारका दलका तर्फबाट साँसद तथा पूर्व शान्ति मन्त्री, सहकारी तथा गरीबी निवारण मन्त्रि समेत भएका छन् ।
कान्छा छोरा धर्म प्रसाद ढकाल सोही दलका चितवन जिल्ला अध्यक्ष छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण