काठमाडौं उपत्यका खानेपानी लिमिटेड महांकालद्वारा वितरण गरिएको खानेपानीमा ढल
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) वितरण केन्द्र महांकाल चौरले वितरण गरेको पिउने पानीमा फोहोर र ढल मिसिएको भेटिएको छ । गौरीघाट कुमारीगाल संगम टोल क्षेत्रका करिब दुई सय घरमा जडान गरिएको खानेपानीको धारोमा ढल र फोहरयुक्त पानी आउने गरेको हो ।
सातादेखि धारोमा प्रयोग गर्न लायक पानी नआएको स्थानीयको भनाइ छ । घरघरको धाराका फोहर र गन्हाउने पानी आउन थालेकाले उनीहरूले समाधानका लागि वितरण केन्द्रमा जानकारी गराएका थिए । तर केन्द्रले गुनासो सुनुवाइ नगरेको उनीहरू बताउँछन् । पटक–पटक वितरण केन्द्रमा जानकारी गराउँदा पनि केन्द्रले चासो नदिएको स्थानीयको भनाइ छ । स्थानीय फुलबहादुर न्यौपानेले खानेपानीको धारामा ढल मिसिएको र गन्हाउने पानी आएको बताए । ‘यत्तिका दिन भयो खानेपानीको धारामा ढल आएको छ, हामीले सम्बन्धित निकायलाई जानकारी पनि गरायौं तर चासो दिएनन् ।’ उनले धारामा प्रयोग गर्न मिल्ने पानी नआएपछि खानेपानीको अभाव भएको बताए । स्थानीय डा. राजकुमार सुवेदीले पटकपटक जानकारी गराउँदा पनि खानेपानीको समस्या समाधान गर्न सरकारी निकायले अटेरी गरेको बताए ।
त्यस्तै, ललितपुरको खुमलटार क्षेत्रमा पनि खानेपानी फोहर आएको भन्दै स्थानीयले गुनासो गरेका छन् । ललितपुर महानगर–१५ स्थित यस क्षेत्रमा पिउन र प्रयोग गर्न लायक पानी नआएको उनीहरूको भनाइ छ । स्थानीय दीपक घिमिरेले सरकारी निकायको चरम लापरबाहीका कारण फोहर र ढल मिसिएको खानेपानी आउने गरेको बताए । उनले केयुकेएललाई जानकारी गराए पनि बेवास्ता गरेको गुनासो गरे । उनले खानेपानीको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत गुनासो पोखेका छन्, ‘सरकारी खानेपानीको यो हालत, यस्तो पानी कसरी पिउनु ?’ त्यसै त हप्ताको एक दिन आउने पानी त्यही पनि फोहर बनेपछि स्थानीयलाई पिउने पानीको अभाव भएको छ । यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण