संसद बैठकअघि प्रचण्ड-माधव पक्षले बोलायो संसदीय दलको बैठक
आइतबार, २३ फागुन २०७७, ०६ : ००

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक बोलाएको छ । बैठक केहीबेरमा सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने नेकपा संसदीय दल प्रमुख सचेत देव गुरुङले जानकारी दिए ।
उनका अनुसार बैठकमा अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुति हुने रणनीतिबारे छलफल हुने बताइएको छ ।
शुक्रबार बसेको दलको बैठकमा ओलीले राजीनामा नदिए आइतबार अविश्वास प्रस्ताव दर्ता गर्नेबारे छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने या नगर्नेबारे बैठकमा निर्णय लिने बुझिएको छ । प्रचण्ड-नेपाल पक्षले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रमुख प्रतिपक्षसँग संवाद गरिरहेको छ । तर पुनःस्थापित संसदमा निर्णायक भएर उदाएको काँग्रेस भने अहिलेसम्म पर्ख र हेरको रणनीतिमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
-
क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक
-
नेपाल धितोपत्र बोर्डमा पस्यो अख्तियार, उच्च अधिकारीसँग ५ घण्टा सोधपुछ
-
विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै प्राधिकरण
-
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित
-
बागमती प्रदेशमा मनाइयो भाषा दिवस