संसद बैठकअघि प्रचण्ड-माधव पक्षले बोलायो संसदीय दलको बैठक
आइतबार, २३ फागुन २०७७, ०६ : ००
काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक बोलाएको छ । बैठक केहीबेरमा सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने नेकपा संसदीय दल प्रमुख सचेत देव गुरुङले जानकारी दिए ।
उनका अनुसार बैठकमा अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुति हुने रणनीतिबारे छलफल हुने बताइएको छ ।
शुक्रबार बसेको दलको बैठकमा ओलीले राजीनामा नदिए आइतबार अविश्वास प्रस्ताव दर्ता गर्नेबारे छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने या नगर्नेबारे बैठकमा निर्णय लिने बुझिएको छ । प्रचण्ड-नेपाल पक्षले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रमुख प्रतिपक्षसँग संवाद गरिरहेको छ । तर पुनःस्थापित संसदमा निर्णायक भएर उदाएको काँग्रेस भने अहिलेसम्म पर्ख र हेरको रणनीतिमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण