संसद सचिवालयका महासचिवसँग बहुमतको निर्णय कार्यान्वयन गर्न प्रचण्ड–माधवको आग्रह
आइतबार, २३ फागुन २०७७, ०६ : ००

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्नुअघि नेकपा प्रचण्ड–माधव पक्षका शीर्ष नेताको दौडधूप जारी छ । बिहानैदेखि भेटवार्तामा सक्रिय नेताहरुले सभामुख, संघीय संसदका महासचिव र आन्तरिक भेटवार्तालाई तीव्र पारेका हुन् ।
यसैक्रममा उनीहरुले संसद सचिवालयका महासचिवसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा जारी भेटमा प्रचण्ड–माधव पक्षले नेकपाको बहुमत पक्ष आफूहरुसँग रहेको भन्दै बहुमत पक्षले गरेको निर्णयहरु कार्यान्वय गर्न महासचिव गौतमलाई आग्रह गरेको बुझिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल महासचिव डा.गौतमलाई भेट्न उनको कार्यकक्षमा पुगेका हुन् । यसअघि उनीहरुले सभामुख अग्नि सापकोटा र प्रमुख सचेतक देव गुरुङसँग छलफल गरेका थिए । गौतमसँगको भेटपछि सो पक्षको संसदीय दलको बैठक बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
-
एमयूमा डीन बनाउन चलखेल, भागबन्डा मिलाउन नियमावलीविपरीत विज्ञापन
-
क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक
-
नेपाल धितोपत्र बोर्डमा पस्यो अख्तियार, उच्च अधिकारीसँग ५ घण्टा सोधपुछ
-
विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै प्राधिकरण
-
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित