संसद सचिवालयका महासचिवसँग बहुमतको निर्णय कार्यान्वयन गर्न प्रचण्ड–माधवको आग्रह
आइतबार, २३ फागुन २०७७, ०६ : ००
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्नुअघि नेकपा प्रचण्ड–माधव पक्षका शीर्ष नेताको दौडधूप जारी छ । बिहानैदेखि भेटवार्तामा सक्रिय नेताहरुले सभामुख, संघीय संसदका महासचिव र आन्तरिक भेटवार्तालाई तीव्र पारेका हुन् ।
यसैक्रममा उनीहरुले संसद सचिवालयका महासचिवसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा जारी भेटमा प्रचण्ड–माधव पक्षले नेकपाको बहुमत पक्ष आफूहरुसँग रहेको भन्दै बहुमत पक्षले गरेको निर्णयहरु कार्यान्वय गर्न महासचिव गौतमलाई आग्रह गरेको बुझिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल महासचिव डा.गौतमलाई भेट्न उनको कार्यकक्षमा पुगेका हुन् । यसअघि उनीहरुले सभामुख अग्नि सापकोटा र प्रमुख सचेतक देव गुरुङसँग छलफल गरेका थिए । गौतमसँगको भेटपछि सो पक्षको संसदीय दलको बैठक बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण