बुटवलको शैक्षिक पूर्वाधार विकासमा भारत सरकारको सहयोग
बुटवल । बुटवल उपमहानगरको नहर पुर माविको भवन निर्माण सहयोगार्थ भारत सरकारले करिब साढे चार करोड रुपैयाँ प्रदान गरेको छ । विद्यालय भवन निर्माणका लागि आवश्यक पर्ने रकमका लागि बुटवल उपमहानगरपालिका, भारतीय राजदूतावास र नेपाल सरकारबीचमा हालै काठमाडौंमा सम्झौता भएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
उक्त विद्यालयका लागि नयाँ भवन बनाउन भारत सरकारले दूतावासमार्फत चार करोड ४१ लाख ६६ हजार ९ सय ३४ रुपैयाँ उपलव्ध गराउने विषयमा सम्झौता भएको उनले बताए । सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका उपसचिव प्रल्हादकुमार कार्की, बुटवल उपमहानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा र भारत सरकारका तर्फबाट विकास साझेदार हेर्ने पर्फुल्लाहचन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।
हरपुर माविका प्राचार्य धनेश्वर गौतमले दीर्घकालीन महत्व राख्ने खालको नयाँ भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपी आर) बनाएर व्यवस्थित काम गरिएको बताए । सहयोगका लागि आउने रकमबाट नहरपुर माविमा अब २० कोठाको अत्याधुनिक भवन निर्माण हुनेछ । २०२७ साल मंसिर २७ गते स्थापना भएको उक्त विद्यालय तीन बिगाहा चार कट्ठा बराबरको क्षेत्रफलमा छ । यही विद्यालयमा अध्ययन गर्ने मजदुरका सन्तानलाई लुम्बिनी प्रदेश सरकारका मन्त्री लीला गिरी र उपमहानगरका प्रमुख शिवराज सुवेदीले अभिभावकत्व समेत लिएर नियमित चासो राखेका थिए ।
बुटवलमा देशमै उत्कृष्ट सामुदायिक विद्यालय
देशभरका सामुदायिक विद्यालयहरुमा बुटवल उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालय उत्कृष्ट छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरबाट छनौट गरेका ९९६ सामुदायिक विद्यालयमा गरेको मूल्यांकनबाट यो उत्कृष्ट नतिजा हासिल भएको हो । त्यसमा नहरपुर मावि पनि उत्कृष्ट भएको छ ।
उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले नयाँ शैक्षिक सत्रलाई अझ उपलब्धिमूलक बनाउन र हौसला कायम राख्नेगरी उपमहानगरले विशेष शिक्षा योजना बनाइरहेको बताए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण