सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय संसदमा विपक्षीको अवरोध, बैठक बुधबारसम्मका लागि स्थगित

मङ्गलबार, २५ फागुन २०७७, २२ : ५१
मङ्गलबार, २५ फागुन २०७७

एजेन्सी । भारतमा संसदको बजेट सत्रको दोस्रो सत्रमा तेलको मूल्यलाई लिएर विवाद चर्किएपछि दुबै सदनको गतिविधि अवरूद्ध बनेको छ ।  तेलको मूल्य वृद्धिलाई लिएर दोस्रो दिन पनि विपक्षी पार्टीले सदन अवरुद्ध गरेपछि लोकसभा तथा राज्य सभाको बैठक बुधबारसम्मको लागि स्थगित गरिएको हो ।

दिउँसो १२ बजे लोक सभाको पूर्व निर्धारित कारबाही सुरु हुने बित्तिकै विपक्षी सांसदहरुले सदन अवरुद्ध गरेका थिए । काँग्रेसका केही सांसदहरूले तेलको मूल्य फिर्ता लिनुपर्ने माग गरेका छन् ।

त्यही दिन कांग्रेसका नेता अधीर रञ्जन चौधरीले लोकसभा टेलिभिजनमा विपक्षीले भनेको कुरा नदेखाएको आरोप लगाएका थिए । उनले विपक्षीको कुरा लोक सभाको टेलिभिजनमा नआएको भन्दै आश्चर्य व्यक्त गरेका थिए ।

यता, लोक सभाका अध्यक्ष ओम बिड्लाले उक्त टेलिभिजनमा विपक्षीले देशलाई हंगामा देखाउन खोजेको हो भनी प्रतिप्रश्न गरेका छन्। तर जवाफमा चौधरीले उक्त प्रदर्शन संसदीय कारबाहीको हिस्सा भएकाले देखाउनुपर्ने जिकिर गरेका छन्।

राज्यको विधानसभा चुनावका कारण संसदको सत्रलाई छोट्याउन सक्ने भारतीय सञ्चार माध्यमद्वारा प्रशारित समाचारमा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप