प्युठानमा घर–गोठ पुरै जल्दा परिवारको बिचल्ली
बुधबार, २६ फागुन २०७७, १० : ४६
गत राति प्युठानको झिम्रुक गाउँपालिकामा घर र गोठ दुवै जलेर पुर्णरुपमा क्षति हुँदा परिवार बिचल्लीमा परेका छन् । राति करिव १ बजेको समयमा त्यस गाउँपालिकाको वडा नम्वर–८ दिहाल्न निवासी लघुराम जैसीको घर–गोठ जलेर पूर्णरुपमा क्षति पुगेको हो ।
आगलागी भएको थाहा पाउन साथ ईलाका प्रहरी कार्यालय ओखरकोटबाट प्रहरी नायव निरीक्षक गंगाधर केसीको कमाण्डमा पुगेको टोलीले परिवारलाई उद्धार गरेको थियो । कुनै मानवीय क्षति नभए पनि पीडित जैसीका ३ वटा भैसी, ९ वटा बाख्रा जलेर मरेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानले सम्प्रेषण गरेको जानकारी अनुसार जैसीका एउटा भैसी र दुई वटा गोरु गम्भीर घाइते छन् । करिव ६ लाख ५० हजार बराबरको क्षति भएको जानकारी दिँदै प्रहरीले आगो बुधबार विहान ६ बजे नियन्त्रणमा ल्याइएको बताएको छ । आगलागीको कारण प्रहरीले खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण