सत्ता समीकरणको लागि लूम्बिनी प्रदेशमा काँग्रेसले बनायो कार्यदल
बुटवल । सर्वोच्च अदालतले सत्तासीन ‘नेकपा’लाई पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्काइ दिएपछि प्रदेशमा हलचल सुरु भएको छ । अदालतको निर्णयले एमाले र माओवादी बन्नुपर्ने अवस्था आएपछि एमाले नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई विश्वासको मत दिनुपर्ने भएको छ ।
सरकारमा सम्मिलित माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा सरकार पोखरेललाई जोगाउन तीन आवश्यक छ । योसँगै लुम्बिनी प्रदेशमा सत्ता समीकरणको खेल सुरु भएको छ । लुम्बिनी प्रदेशको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सत्ता समीकरण लगायतका विषयमा अरु दलसँग छलफल गर्न आज कार्यदल गठन गरेको छ ।
काँग्रेस प्रदेश सभा संसदीय दलले प्रमुख सचेतक फखरुद्दिन खानको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको हो । फागुन २३ गते आएको नेकपा सम्बन्धी निर्णयबाट उत्पन्न परिस्थितिबारे दलहरूसँग छलफल गर्न कार्यदल बनाइएको नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका संसदीय दलका नेता वीरेन्द्र प्रसाद कनौडियाले जानकारी दिए ।
कार्यदलले प्रदेशको स्थायित्व, दिगो विकास, संघीयताको सफल कार्यान्वयन एवं समसामयिक राजनीतिक विषयमा अन्य दलसँग छलफल तथा परामर्श गर्ने उनले बताए । कार्यदलका संयोजक फखरुद्दिन खानले शुक्रबारबाट अन्य दलसँग छलफल सुरु गर्ने जानकारी दिए ।
यस्तै समाजवादी पाटीसँग मुख्यमन्त्री पोखरेलले औपचारिक र अनौपचारिक छलफल गरिहेको यसअघि नै सकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण