बुटवलस्थित फुडल्याण्डमा आगलागी, डेढ करोडको क्षति
बुटवल–८ मिलनचोकमा रहेको फुडल्याण्डमा आगलागी भएको छ । बुटवल सेन्टरमा पर्ने फुडल्याण्डमा आगलागी हुँदा करिब डेढ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि बुटवल उपमहानगर, तिलोत्तमा,सैनामैना, शुद्धोधन, भैरहवा लगायतका गरी ४ वटा दमकल प्रयोग १ घण्टामा आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक गोविन्द रेग्मीले बताए । उनले विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको बताए ।
मध्यरातमा गस्ती गरिरहेको प्रहरीको टोलीले फुडल्याण्डको मुख्य सडकतर्फ रहेको रेष्टुरेण्ट शाखाको भित्रबाट आगोका लप्काहरु देखेपछि तत्काल सम्बन्धित पक्षलाई खबर गरी नियन्त्रणमा लागेको थियो । रेष्टुरेण्ट शाखाको माथिल्लो तला जलेर पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा सामान्य क्षति भएको फुडल्याण्डका सञ्चालक शंकर न्यौपानेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले क्षति पुर्याएको स्याफ्रुबेसी–रसुवागढी सडक चीनद्वारा स्तरोन्नति, बर्खामा भने हिलाम्मे (तस्बिरहरू)
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण