वैकल्पिक मार्ग खोल्ने सहमतिपछि घोराही–रोल्पा सडकमा टिपर चल्न थाले
काठमाडौं । दाङ र रोल्पा जोड्ने घोराही–रोल्पा शहिदमार्ग पुनर्निमार्णको माग गर्दै आन्दोलन गरिरहेका स्थानीयले आन्दोलन रोकेका छन् ।
०७४–७५ मा पिच गरिएको सो सडक छोटो समयमा भत्किएर यात्रा कठिन बनेको भन्दै सडक स्तरोन्नतीको माग गर्दै स्थानीयले केही दिनयता यातायात बन्द गरेर आन्दोलन गरिरहेका थिए ।
सिमेन्ट उद्योगका चुनढुङ्गा बोक्ने टिपर सो सडकमा प्रतिबन्ध लगाउनुपर्ने स्थानीयको माग थियो । टिपर चलाउन बैकल्पिक मार्ग संचालनमा ल्याउने सहमतिपछि स्थानीयले आन्दोलन रोकेका हुन् ।
वैकल्पिक मार्ग खोजेर टिपर संचालनका लागि निकास दिन रोल्पाको रुन्टिगढी गाउँ पालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा सर्वदलीय कार्यदल गठन गरिएको थियो ।
फागुन २७ मा सिमेन्ट उद्योगी र कार्यदलका सदस्यले बैकल्पिक मार्ग अबलोकन गरेका थिए ।
दाङको दुधरास र छिल्लिकोट हुदै रोल्पाको होलेरी जोड्ने औद्योगिक मार्ग साघुरो भएको हुनाले फराकिलो बनाउन समय लाग्ने हुनाले सडक सञ्चालन गर्न कठिनाई भएको उद्योगीको भनाइ छ । दाङमा संचालित सिमेन्ट उद्योगका टिपर सो सडकबाट गुँड्छन् ।
रुन्टीगढी गाउँपालिका–६ का अध्यक्ष जगत घर्तीको संयोजकत्वमा बसेको सर्वदलीय भेलाले औधोगिक मार्ग खुमवास, खारा, धारापानी बछेरिखोला बाट दाङको हापुरे निकाल्ने सहमति भए पछि साँझ ५ देखी १२ बजेसम्म टिप्पर चल्न दिने सहमति भएको हो ।
शहीद मार्ग स्तरोन्नति नहुँदासम्म अनुगमन अभियान भने नछोड्ने संघर्ष समिति संयोजक नन्दराम खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण