नक्कली मयूर सिंहदरबारमा, सक्कली बाहिर : बालकृष्ण खाँण
बुटवल । नेपाली काँग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘नक्कली मयूर’ को संज्ञा दिएका छन् । शुक्रबार बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सिंहदरबारभित्र ‘नक्कली मयूर’ रहेको बताए ।
उनले भने, ‘अहिले नक्कली मयूर सिंहदरबारभित्र चुरीफुरी गरिरहेको छ, सक्कली मयूर बाहिर छ ।’
प्रधानमन्त्री ओली प्रेस स्वतन्त्रता विरोधी भएको उल्लेख गर्दै उनले ओलीकै पालामा प्रेस स्वतन्त्रता कुण्ठित गर्नेगरी मिडिया काउन्सिल र सूचना प्रविधि विधेयक ल्याएको स्मरण गराए । नेपाली काँग्रेस प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएको उनको भनाइ छ ।
सरकार मानव अधिकारको सवालमा पनि गम्भीर नरहेको उनले बताए । ‘संवैधानिक आयोगमा अध्यादेशमार्फत गरिएको नियुक्तिले ओली सरकार संविधानप्रति पनि असहिष्णु छ भन्ने पुष्टि भएको छ,’ उनले भने । संविधान च्यात्न खोज्ने आफै समाप्त हुने चेतावनी पनि उनले दिए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले दलित समुदाय राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले विभेदमा परेकाले उनीहरुलाई न्याय र अधिकार दिन राज्यले कञ्जुस्याइँ गर्न नहुने आग्रह गरे ।
संघका अध्यक्ष विनोद पहाडीले नीतिगत तहमा उपस्थिति बढाउन दलित पत्रकार संगठित हुनुपर्ने बताए । उनले संघले दलित पत्रकारको क्षमता वृद्धि र उपचारमा सहयोगका लागि एक करोड बढीको अक्षयकोष स्थापना गर्ने तयारी भइरहेको बताए ।
उद्घाटन समारोहमा अग्रज पत्रकार बालकृष्ण चापागाईँ, पत्रकार महासंघका केन्द्रीय सचिव रेम विश्वकर्मा, लुम्बिनी प्रदेश उपाध्यक्ष भरत केसी, राष्ट्रिय दलित पत्रकार संघकी उपाध्यक्ष कमला रसाइली लगायतले आफ्ना धारणा राखेका थिए ।
महाधिवेशनमा ‘आमसञ्चार र समावेशीताको सवाल’, ‘मिडियामा महिला र दलित महिला’ र ‘दलित आन्दोलन युवा र आम सञ्चार’ विषयमा छुट्टाछुट्टै कार्यशाला गोष्ठी हुने संघका अध्यक्ष विनोद पहाडीले बताए । महाधिवेशनमा देशभरबाट करिव ४ सय पत्रकारहरुको सहभागिता छ ।
संघको हालसम्म ६५ जिल्ला शाखा, ७ प्रदेश र काठमाडौँ उपत्यका समितिहरु क्रियाशील रहेका र देशभर झण्डै १५ सय दलित समुदायका पत्रकारहरू आवद्ध भइसकेका संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण