आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

अवैध रुपमा राखिएको बन्दुक बरामद

शनिबार, २९ फागुन २०७७, ११ : ३७
शनिबार, २९ फागुन २०७७

पाल्पामा अवैध बन्दुक प्रहरीले फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध रुपमा राखिएको भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।

बगनासकाली गाउँपालिका–४, महछाँपका २१ वर्षीय प्रेमबहादुर कनौजेले आफ्नै घरमा राखेको १ नाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो । 

कनौजेले लुकाईछिपाई राखेको अबैध भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । अवैध रुपमा भेटिएको बन्दुकको बारेमा थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप