गुल्मी रातामाटा हत्या काण्डका अभियुक्त पक्राउ
आइतबार, ०१ चैत २०७७, १७ : २६
गुल्मी । गुल्मीमा झण्डै दुई महिनाअघि भएको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ ३ गते दिउँसो घाँस काट्ने क्रममा रेसुङ्गा नगरपालिका–१४, पराल्मी रातामाटा गाउँका ४७ वर्षीय तुलबहादुर विश्वकर्माको हत्या भएको थियो । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले गुल्मी दरवार गाउँपालिका–१ का ३१ वर्षीय बोमबहादुर घर्तीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं एसपी गोपालचन्द्र भट्टराईका अनुसार पक्राउ परेका घर्तीले हत्या गरेको स्वीकार गरेका छन् । ‘सोधपुछका क्रममा निजले आफ्नै बन्दुक प्रहार गरी हत्या गरेको हुँ भनेर बयान दिएको छ, निजले लोकेशन दिएअनुसार उक्त ठाउँमा पुग्दा सो बन्दुक भाँचेर तीन टुक्रा बनाई लुकाएर राखेको अवस्थामा हामीले फेला पा¥यौं,’ एसपी भट्टराईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण