आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दलित  पत्रकार  संघको  महाधिवेशन  सम्पन्न, अध्यक्षमा विनोद पहाडी

आइतबार, ०१ चैत २०७७, १९ : १०
आइतबार, ०१ चैत २०७७


बुटवल । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको    शुक्रबारदेखि चलेको  प्रथम राष्ट्रिय महाधिवेशन आइतबार  बिहान  सम्पन्न  भएको छ । महाधिवेशनले  संघको संस्थापक  अध्यक्ष विनोद पहाडीलाई पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।

संविधानसभा सदस्य समेत रहिसकेका पहाडी  नेपाल  पत्रकार महासंघ रुपन्देहीका  पूर्व अध्यक्ष समेत हुन्  । महाधिवेशनले  वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, खुल्ला उपाध्यक्ष मिलन परियार, प्रदेश उपाध्यक्षहरूमा पर्वर पोर्तेल, भोला पासवान, बुद्धि विश्वकर्मा दिपक परियार, विनोद परियार,  टेकेन्द्र  विश्वकर्मा  र करन ताम्राकार, सर्वसम्मत निर्वाचित भएका छन्  ।  

महासचिवमा  लक्ष्मण  दर्नाल निर्वाचित  भएका छन  ।  सचिवहरूमा  सन्तोष गन्धर्व,  रिता बुढाथोकी, बिरु नेपाली निर्वाचित भएका  छन् ।  कोषाध्यक्ष भीमबहादुर  घिमिरे  सर्वसम्मत  निर्वाचित  भएका  छन् ।  पदाधिकारीसहित  ४१  सदस्यीय केन्द्रिय कमिटी निर्वाचित  भएका  छन्  ।

त्यस्तै  ३ सदस्यीय अनुसासन  आयोग  समेत  गठन भएको  छ  । केन्द्रीय सदस्यीय खुल्लातर्फ अमर सुनार , राधेश्याम विक ,  प्रवीण  गजमेर , प्रेम  सुनार , सरिता बराइली , मानसिंह विक , पिबी  दियाली ,  फुलु  सुनार , सञ्जय सौगात, राजेश  सुनाम ,  वसन्त विक , भीमबहादुर नेपाली गन्धर्व , राजन  गाउँले, वसन्त विश्वकर्मा,  किसान  सङ्गीत   नेपाली  निर्वाचित  भएका  छन् ।

महिला सदस्य  पूर्णिमा जनला,  राधा नेप, अनितकुमारी , सुनित नेपाली , शान्ति गजमेर र मालती विक निर्वाचित भएका छन् । नवनिर्वाचित  केन्द्रिय समितिलाई निर्वाचन  मण्डलका अध्यक्ष अधिवक्ता,  मोहन शंकर, सुन्दर गहतराज, खिमलाल भुसाल, वरिष्ठ पत्रकार  उमिद  बागचन, नेपाल  पत्रकार  महासंघका केन्द्रिय सचिव  रेम  विश्वकर्मा र  राज्य टेलिभिजनका प्रवन्ध निर्देशक  विष्णुप्रसाद भुसालले  शुभकामना मन्तव्य  राखेका  थिए  । सपथ ग्रहणपछि  पहिलो  बैठक  बस्दैछ । शुक्रबार पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महाधिवेशनको उदघाटन गरेका थिए भने नेपाली  काङ्ग्रेसका नेता  बालकृष्ण खाणले  सम्बोधन गरेका  थिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप