काँग्रेसको काँधमा जिम्मेवारी आएको छः देउवा
बारा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन काँग्रेसको काँधमा जिम्मेवारी आएको बताएका छन् । बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख) को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काका स्मृतिमा आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको बेलदारीमा आज उद्घाटन गर्दै सभापति देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई पार्टी अघि बढ्ने जानकारी दिए ।
पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्र जीवन्त रहे लोकतान्त्रिक पार्टीहरूको भविष्य रहने भन्दै संविधानको रक्षाका लागि आफ्नो पार्टी पूर्णरुपमा प्रतिबद्ध रहेको बताए । उनले भने, “देशलाई काँग्रेसको खाँचो रहेको हुँदा हामी सबै काँग्रेस पार्टीको एक स्वर हुन जरुरी छ, जनताको विश्वास र भरोसा कांग्रेसले दिनुपर्ने बेला आएको छ ।” उनले विकास, समृद्धि सँगसँगै विधिको शासन कायम गरी भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नु नै मुलुकका लागि हितकर हुनेमा जोड दिए ।
खेलकूद विभागका केन्द्रीय सदस्य मणि भूषण यादवको अध्यक्षतामा सम्पन्न सो उद्घाटन कार्यक्रममा पूर्वमन्त्री मोहन बस्नेत, फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, कांग्रेसका केन्द्रीय सदस्यहरु बृजलाल यादव, राधेचन्द्र यादव, जिल्ला सभापति जयचन्द्र चौरसियालगायतले संविधान र प्रजातन्त्रका लागि काँग्रेस जिम्मेवारी वहन गर्नुपर्ने समय आएको तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कोठा नम्बर १३’ अर्थात् यातना गृह र अभिषेक गिरीले चलाएको ‘यमराजको शासन’
-
बागमतीको बजेट सन्तुलित र यथार्थपरक छ : मन्त्री तामाङ
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण