ओली र नेपालबीचको भेटवार्ता सकियोः नेपाल पक्षको अडानमा ओलीको ठोस जवाफ आएन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष बीचको भेटवार्ता सकिएको छ । ओली र नेपाल पक्षबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको हो । बैठकमा आन्तरिक एकताको विषयमा छलफल केन्द्रित नेता रघुजी पन्तले जानकारी दिए ।
२८ फागुनमा ओली पक्षले गरेको निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको अडान लिएको छ । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा माधव नेपाल पक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको बताए । त्यसमा अध्यक्ष ओलीबाट ठोस जवाफ नआएको बताए ।

नेपाल पक्षलाई खबर नै नगरी त्यसदिन बालुवाटारमा अध्यक्ष ओलीले २३ जना माओवादी नेतालाई केन्द्रीय कमिटीमा मनोनित गर्नेदेखि विधान संशोधनसम्मका निर्णय गरेको थियो । उक्त निर्णय सच्याउनुपर्ने नेपाल पक्षको सर्त छ ।
यस्तै नेता पन्तले अदालतले सबैलाई एकै ठाउँमा ल्याइदिएकाले एमालेलाई एकताबद्ध बनाएर सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा छलफल भएको बताए । दुबै पक्षले आआफ्नो अडान राखेको भन्दै छलफल जारी रहने पनि नेता पन्तको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण