दाङमा छुट्टाछुट्टै घटनामा परेर २ जनाको मृत्यु
बुटवल । दाङमा आज भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अटोको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ चोर गाउँमा रा १ ह २८२४ नम्बरको अटोले ठक्कर दिँदा ३ वर्षीया बालिका आकांक्षा चौधरीको मृत्यु भएको हो । अटोको ठक्करबाट गम्भीर घाइते बालिकालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
अटो चालक घोराही ६ बचाहका २७ वर्षीय कमल पुनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । यता, तुलसीपुरमा पानीमा डुबेर १७ बर्षीय किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बनहरी निवासी यमबहादुर बोहराकी १७ वर्षीय छोरी सृजना बोहरा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए । घरबाट नुहाउन हिँडेकी बोहरा घर नजिकैको घट्टे कुलामा चिप्लिएर लडेपछि घाइते भएकी थिइन् । घाइते उनको उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा पुर्याए लगत्तै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण