किशोरीलाई बलात्कार प्रयास गर्ने युवक पक्राउ
राँझा । विद्यालयबाट घर फर्किँदै गरेकी १६ वर्षीय किशोरीलाई बलात्कार प्रयास असफल भएपछि कुटपिट गर्ने युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । बलात्कार प्रयास गर्दा किशोरीले नमानेपछि मराणाशन्न हुनेगरी कुटपिट गरेर फरार भएका नेपालगञ्ज उपमहानगरपालिका– ४ निवासी २० वर्षीय युवक जुनैद हल्वाइलाई प्रहरीले भारतबाट पक्राउ गरेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्जस्थित एक सामुदायिक विद्यालयमा कक्षा ९ मा पढ्ने किशोरीलाई हल्वाइले गत माघ १६ गते विद्यालयबाट फर्किरहेका अवस्थामा डर धम्की देखाइ स्थानीय एक होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । किशोरीले प्रतिकार गरेपछि युवकले मरणाशन्न हुने गरी कुटपिट गरेका थिए ।
जुनियादको आक्रमणबाट गम्भीर घाइते भएकी ती किशोरीलाई नेपालगञ्जस्थित बालबालिकासम्बन्धी काम गर्ने संस्थाको सेल्टरमा राखेर उपचार गरिएको थियो । लामो समयसम्मको उपचारपछि केही दिनअघि मात्र ती बालिका घर फर्केकी छिन् । बालिकालाई बलात्कार–हत्या प्रयास गरेपछि जुनियाद फरार थिए ।
नेपालगञ्जबाट भागेर भारत पुगेका हल्वाइलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा मङ्गलबार पक्राउ गरेर ल्याएको प्रहरी उपरीक्षक रानाले बताए । प्रहरीले आज पत्रकार सम्मेलन गरेर युवकलाई सार्वजनिक गरेको हो ।
किशोरीमाथि भएको बलात्कार–हत्या प्रयासका दोषीलाई पक्राउ गरी कडा कानूनी कारवाही गर्नुपर्ने भन्दै नागरिक समाज, अधिकारकर्मी, विभिन्न संस्थाले आवाज उठाउँदै आएका थिए । घटनापछि किशोरीका परिवारले जिल्ला प्रहरी कार्यालयमा बलात्कार र हत्या प्रयास गरेको जाहेरी दिएको प्रहरी उपरीक्षक रानाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण