ट्विकंल खन्नाको प्रेममा थिए करण जौहर
बलिउडका कुशल निर्देशक करण जौहर र अभिनेत्री ट्विकंल खन्ना एउटा विज्ञापनमा देखिएका छन् । यी दुईको सानदार जोडीलाई धेरैले मन पराएका छन् ।
ट्विकंल र करण एक अर्कालाई बच्चाबेलादेखि नै चिन्थे । उनीहरु बालापनदेखि नै नजिकको साथी भएको करणले एक अन्तरवार्तामा बताएका थिए ।
विद्यालयमा पढ्दादेखि नै करणले ट्विकंललाई मन पराउँथे । उनले एक अन्तरवार्तामा खन्नासँग विद्यालय पढ्दा नै प्रेम रहेको खुलासा गरेका हुन् । उनले आफू विवाहित भएको भए ट्विकंलसँग नै विवाह गर्ने पनि बताएका थिए ।
यता, खन्नाले पनि करणको बालापनको बारेमा कुराकानी गरेको थिइन् । उनले करण स्कुल पढ्दा बारम्बार स्कुलबाट भाग्ने कोसिस गर्ने र एकपटक समातिएको किस्सा पनि सुनाएकी थिइन् ।
करणले 'कुछ कुछ होता है' बाट निर्देशनको काम सुरु गरेका हुन् । उनले डेब्यु गरेको फिल्ममा खन्नालाई खेलाउन चाहान्थे तर उनले अस्वीकार गरिन् । तर उक्त फिल्मबाट रानी भने सुपरहिट भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
-
बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
नियमावली र नीति स्वीकृतदेखि विभिन्न नियुक्तिसम्म : यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त
-
कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत
-
शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण