नाचघरमा आइतबारदेखि बुद्ध थिएटर फेस्टिभल
काठमाडौँ । भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्व माझ चिनाउन तथा उनले प्रदान गरेका ज्ञानका विभिन्न आयाममाथि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा नयाँ बहस सृजना गर्ने उद्देश्यका साथ बुद्ध थिएटर फेस्टिभल आयोजना हुने भएको छ ।
डबली थिएटरले बागमती प्रदेश सरकार र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरसँग मिलेर यो थिएटर फेस्टिभल गर्न लागेको हो । ८ चैत्रदेखि सुरु हुने फेस्टिभल १४ गतेसम्म चल्नेछ । फेस्टिभलमा भारत र हङकङका एक–एक नाटक रहेका छन् भने बाँकी ५ नाटक नेपालकै रहनेछन् । डबली थिएटरका निर्देशक पुष्कर गुरुङले राष्ट्रिय नाचघरको प्रेक्षालयमा ७ दिन चल्ने फेस्टिभलमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गरी ७ वटा नाटकको मञ्चन एवम् चर्या नृत्य तथा कार्यपत्र प्रस्तुत गरिने जानकारी दिए ।
गुरुङका अनुसार ८ गते भारतीय नाटक निर्देशकदानी करमाकर निर्देशित ‘तथागत’सँगै फेस्टिभलको उद्घाटन हुनेछ भने अन्तिम दिन वीरेन्द्र हमालको निर्देशन रहेको ‘प्रतिज्ञा समुद्पाद’ मञ्चन हुनेछ । फेस्टिभलमा विकास जोशीको निर्देशनमा रहेको ‘सिद्धार्थको गृह त्याग’, निशा पाख्रिनको निर्देशन रहेको ‘ट्यागमोलहुइजिन’ सुदीपजंग कार्कीको निर्देशन रहेको ‘मालिनी’, म्यानलीको निर्देशन रहेको ‘सिद्धार्थ इनहङकङ’, सुदीप डंगोलको निर्देशन रहेको ‘विम्बको सपना’ मञ्चन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण