दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
बुटवल । दाङमा आज भएका छुट्टाछुटै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १७ कटुवा खोला नजिकै ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । बुधबार बिहान ना ५ ख २०६२ नम्बरको ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका ३ निवासी ४० वर्षीय बिष्णु (कलौ) चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रकृया शुरु गरेको जनाएको छ । त्यस्तै आजै दाडको घोराहीमा ट्रकको ठक्करबाट अर्का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका ७ जवरपुरमा रोकिएको ट्रकमा मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ना ४६ ख ८७३७ नम्बरको ट्रकमा रा ४ प ४९१४ नम्बरको मोटरसाइकल ठोक्किँदा घोराही ५ का २१ वर्षीय रविन डाँगीको मृत्यु भएको हो ।
दुर्घटनामा परि गम्भिर घाइते भएका अर्का २२ वर्षीय सिरिन्ज भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण