रिडीको तिन मुखे पुलको काम तीव्र, जेठमा सम्पन्न गर्ने
गुल्मी । शिलान्यासको लामो समयसम्म निर्माण कार्य अलपत्र परेको रिडीको तिन मुखे पुलको काम पछिल्लो समय तीव्र गतिमा अघि बढेको छ । २०७० साल मंसिर १५ गते तत्कालिन सांसद चन्द्र भण्डारीले शिलान्यास गरेको उक्त पुलको निर्माण कार्य दुई बर्ष भित्र सक्ने लक्ष्य लिइएको थियो ।
रुरुक्षेत्र गाउँपालिका वडा नम्वर १ रिडीका वडाध्यक्ष रामलाल बिकका अनुसार हाल भने निर्माण कार्य तीव्र गतिमा भइरहेको हो । नयाँ बाटो रुबिना मनादेवि कन्ट्रक्सन प्रालिले २०७३ सालमा ९ करोड ८८ लाख लागतमा निर्माण कार्यको जिम्मा पाएको त्यस कन्स्ट्रक्सनका साइट इन्चार्ज करन जितले जानकारी दिए ।
तिन जिल्ला स्याङ्जा , पाल्पा र गुल्मी जोड्ने उक्त तिन मुखे पुल पर्यटन लोभ्याउने उद्देश्यका साथ आकर्षक शैलीमा निर्माण गरिँदै छ । इन्चार्ज जितले आगामी जेठ मसान्त भित्रै सम्पन्न गर्ने गरि निर्माण कार्यलाई तीब्र पारिएको बताए ।
निर्माणधिन उक्त तिनमुखे पुलको अनुगमन गर्न जिल्ला समवन्य प्रमुख लक्ष्मण पराजुली , प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा र सुरक्षा निकायका प्रमुखहरु पुगेका थिए ।
त्यस क्रममा उनीहरुले पुलको निर्माण कार्य सन्तोषजनक ढंगबाट अगाडी बढेको प्रतिकृया दिएका छन् । संगै रिडीमा तटबन्धको काम पनि तिब्र गतिमा अगाडी बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण