आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

चीनबाट फर्केका २५५ एमबीबीएस विद्यार्थीको भविष्य अन्योलमा

इन्टर्नसिपबारे के भन्छ नेपालको सरकारी निकाय ?
आइतबार, १५ चैत २०७७, १८ : ५३
आइतबार, १५ चैत २०७७



काठमाडौं । कोरोना भाइरस कोभिड—१९ महामारीका बेला  चीनबाट स्वदेश फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थी इन्टर्नसिप पूरा गर्न नपाउँदा बिचल्लीमा परेका छन् । अध्ययन पूरा गर्न चीन फर्किने निश्चित नभएपछि एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीले बाँकी इन्टर्नसिप नेपालमै पूरा गर्न  पाउनुपर्ने सरकारसँग माग गरिरहेका छन् । उनीहरु आफ्ना मागलाई लिएर काठमाडौंमा आन्दोलित भएका छन् । तर, सरकारले विद्यार्थीको माग अहिलेसम्म सुनेको छैन ।

चीनका विभिन्न विश्वविद्यालयमा पाँच वर्ष अध्ययन गरी ३ देखि ८ महिना उतै इन्टर्न गरेर नेपाल फर्किएका विद्यार्थीले सरकारले आफूहरूलाई बेवास्ता गरेको आरोप लगाएका छन् । गत वर्ष चीनको वुहानमा कोरोना महामारी फैलिएपछि नेपाल सरकारको पहलमा उनीहरूलाई स्वदेश ल्याइएको हो । १४ ब्याचका १५२ जना विद्यार्थी इन्टर्नसिपका लागि अन्योल परेका छन् भने चीनबाटै फर्किएका १५ औं ब्याचका विद्यार्थीहरूले पनि नेपालमै इन्टर्नसिपको माग गरेका छन् । 

‘पढाइ पूरा गरेर काम सुरु गर्ने बेला भयो,’ छात्र समउज्ज्वल श्रेष्ठ भन्छन् ‘नेपाल आएको एक वर्ष बितिसक्दा पनि इन्टर्नसिप  पूरा गर्न पाइएन ।’ नेपालमै इन्टर्नसिपको माग गर्दै नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग स्वास्थ्य तथा शिक्षा मन्त्रालय दिनहुँ धाउँदा पनि सम्बन्धित निकायले बेवास्ता गरेको उनले सुनाए ।

‘पढ्नुपर्ने कोर्स अनलाइनमार्फत पढेर सकियो, सन २०१४ औं ब्याचले इन्टर्नसिप गर्न पाएका छैनन्, २०१५ को ब्याचका आशिस गौतम भन्छन, ‘घर फर्किएको एक वर्ष भइसक्यो, इन्टर्नसिप कहिले सुरु गरेर काम कहिले सुरु गर्ने ? मन आत्तिन थाल्यो, विश्वमा कोरोना संक्रमणको अर्को लहर आउने क्रममा छ, मेहनत र लगानी खेर जाने त होइन भनेर डर लागिरहेको छ ।’

‘नेपाल मेडिकल काउन्सिलमा इन्टर्नसिपको माग राख्न जाँदा हाम्रो क्षेत्राधिकार भित्र पर्दैन, चिकित्सा शिक्षा आयोग जाउ भन्नुहुन्छ,’ एक विद्यार्थीले रातोपाटीसँग भने, ‘चिकित्सा शिक्षा आयोगमा जाँदा हाम्रो क्षेत्राधिकार भित्र पर्दैन भन्नुहुन्छ हामी कता जाने ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालय ६ महिनादेखि इन्टर्नसिपका लागि माग राखे पनि सम्बोधन नभएको चीनबाट फर्केका ती विद्यार्थीले बताए । चीनबाट फर्किएका विद्यार्थीमध्ये सन २०१५ को ब्याचका १०३ जनाले पनि नेपालमै इन्टर्नसिपको माग गरेका छन् ।

‘पढ्नुपर्ने कोर्स अनलाइनमार्फत पढेर सकियो, सन २०१४ औं ब्याचले इन्टर्नसिप गर्न पाएका छैनन्, २०१५ को ब्याचका आशिस गौतम भन्छन, ‘घर फर्किएको एक वर्ष भइसक्यो, इन्टर्नसिप कहिले सुरु गरेर काम कहिले सुरु गर्ने ? मन आत्तिन थाल्यो, विश्वमा कोरोना संक्रमणको अर्को लहर आउने क्रममा छ, मेहनत र लगानी खेर जाने त होइन भनेर डर लागिरहेको छ ।’

चीनस्थित नेपाली दूतावास र नेपालस्थित चिनियाँ दूतावासले कोरोना महामारीका कारण तत्काल विद्यार्थीलाई  लैजान सक्ने अवस्था नरहेको भन्दै शिक्षा र परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेका थिए । चीनस्थित नेपाली दूतावासले गत मंसिर १७ गते नेपाल मेडिकल काउन्सिललाई पत्र देख्दै अध्ययन पूरा गरेका विद्यार्थीलाई नेपालमै इन्टर्न मिलाइ दिन आग्रह गरेको थियो ।

चीनबाट फर्किएका सन् २०१४ ब्याज र २०१५ ब्याजका विद्यार्थीको  समस्या उस्तै भएकाले दुवै ब्याचका विद्यार्थीको माग सरकारले सम्बोधन गरिदिनुपर्ने गौतम बताउँछन् ।                                                             

चीन फर्किएका २०१४ का १५२ जना  विद्यार्थीमध्ये ४५ जनाले नेपालमा मेडिकल काउन्सिलको चिकित्सक दर्ता परीक्षा उत्तीर्ण गरिसकेका छन् ।

 


 

के भन्छ सम्बन्धित निकाय ?

नेपाल मेडिकल काउन्सिलको गत बैशाख (२०७७) १७ गते बसेको बैठकले स्वदेश र विदेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थीको सैद्धान्तिक कक्षाको पढाइबारे सम्बन्धित कलेज वा विश्वविद्यालयले व्यवस्था गरेबमोजिम हुने निर्णय गरेको थियो । तर, प्रयोगात्मक र अस्पतालमा गई बिरामीको हेरचाह गर्नुपर्ने विषयमा कलेजकै अस्पतालमा उपस्थित भई पूर्ववत् हाजिर भएर गरिएको अध्ययनलाई मात्र मान्यता दिने नेपाल मेडिकल काउन्सिलले निर्णय गरेको थियो ।

यस्तै चीनस्थित नेपाली दूतावास र नेपालस्थित चिनियाँ दूतावासले कोरोना महामारीका कारण तत्काल विद्यार्थीलाई  लैजान सक्ने अवस्था नरहेको भन्दै शिक्षा र परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेका थिए । चीनस्थित नेपाली दूतावासले गत मंसिर १७ गते नेपाल मेडिकल काउन्सिललाई पत्र देख्दै अध्ययन पूरा गरेका विद्यार्थीलाई नेपालमै इन्टर्न मिलाइ दिन आग्रह गरेको थियो ।

दूतावासले  गत माघ १३ गते इन्टर्नकै विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समस्या समाधान गर्न आग्रह गरेको थियो ।

मेडिकल काउन्सिलका अर्का एक अधिकारीका अनुसार, इन्टर्नसिप पढाइकै एउटा अंश भएकाले १५२ जना विद्यार्थीलाई इन्टर्नसिप गराउन एउटै मेडिकल कलेजको क्षमताभन्दा बाहिरको हो । उनका अनुसार इन्टर्नसिपको माग गर्ने कोही विद्यार्थी छात्रवृत्तिमा पढ्ने छन् भने स:शुल्क अध्ययन गर्ने भएकाले पनि जटिलता सिर्जना भएको हो । ती अधिकारीले महमारीका योद्धा भएर लड्नुपर्ने ठाउँमा अस्पतालमा इन्टर्नसीपको क्रममा डराएर उनीहरू नेपाल आएको आरोप समेत लगाए । 

चीनबाट अध्ययन गरेर आएका विद्यार्थीलाई स्वदेशमै इन्टर्नसिप गर्न दिन आफूहरूको क्षेत्राअधिकार नपर्ने नेपाल मेडिकल काउन्सिल रजिष्ट्रार कृष्ण अधिकारी बताउँछन् । ‘चिकित्सा शिक्षा ऐन जारी भएपछि  काउन्सिलको अधिकार भित्र पर्दैन, उनले रातोपाटीसँग भने, काउन्सिलको कार्यविधिले इन्टर्नसिपका लागि रोकेको छ ।’

चीनबाट फर्किएका विद्यार्थीको इन्टर्नसिपको समस्या समाधानका बारेमा बारम्बार नेपाल मेडिकल काउन्सिलले छलफल गरिहेको उनले बताए ।

नेपाल मेडिकल काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर पन्छिइरहँदा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी भने आफ्नो क्षेत्राधिकार भित्र नपर्ने हुँदा काउन्सिलले नै यस विषयमा निर्णय लिनुपर्ने बताउँछन् । ‘हामीले शुल्क निर्धारण र गुणस्तरको अनुगमन गर्ने हो,’ गिरीले भने, ‘इन्टर्नसिप गराउने क्षेत्राधिकार नेपाल मेडिकल काउन्सिल हो ।’

मेडिकल काउन्सिलका अर्का एक अधिकारीका अनुसार, इन्टर्नसिप पढाइकै एउटा अंश भएकाले १५२ जना विद्यार्थीलाई इन्टर्नसिप गराउन एउटै मेडिकल कलेजको क्षमताभन्दा बाहिरको हो । उनका अनुसार इन्टर्नसिपको माग गर्ने कोही विद्यार्थी छात्रवृत्तिमा पढ्ने छन् भने स:शुल्क अध्ययन गर्ने भएकाले पनि जटिलता सिर्जना भएको हो । ती अधिकारीले महमारीका योद्धा भएर लड्नुपर्ने ठाउँमा अस्पतालमा इन्टर्नसीपको क्रममा डराएर उनीहरू नेपाल आएको आरोप समेत लगाए । 

नेपाल मेडिकल काउन्सिलको ०६४ बैशाख २५ गतेको इन्टर्नसीपसम्बन्धी निर्णयमा कुनै विशेष वा बाध्यात्मक परिस्थिति भएमा सो परिरिस्थतिको जानकारी दिँदै विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्वस्वीकृति लिएर नेपालभित्रका संस्थामा इन्टर्नसीप गर्न पाउने उल्लेख गरिएको छ । यही नियमलाई आधार मान्दै चीनबाट स्वदेश फर्किएका विद्यार्थीले नेपालमै इन्टर्न गर्न पाउनुपर्ने माग गरेका हुन् ।

चीनबाट फर्किएका विद्यार्थीको समस्याको समाधान सरकारी तवरबाटै हुनुपर्ने डा. गिरी बताउँछन् । यस विषयमा धेरै जटिलता भएकाले सरकारले नै पहल गर्नुपर्नेमा डा.गिरीले जोड दिए । ‘इन्टर्नसिप पढाइको नै एक अंश भएकाले अध्ययरत शिक्षण संस्थाबाट गर्नुपर्ने भएकाले नियम छ, उनले भने,

पढाइ पूरा गर्न लागि चीनमै विद्यार्थीलाई पठाउन विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयले सहजीकरण गरे पनि निर्णयमा पुग्न नसकेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माको भनाइ छ ।

महामारीका कारण अध्ययन पूरा गर्न नपाएका नेपाली विद्यार्थीका विषयमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ चरणवद्धरुपमा  छलफलमा सक्रिय भइरहेको शर्माले बताए । शिक्षा मन्त्रालयले नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग, परराष्ट्र मन्त्रालयसँग छलफल गर्नेसमेत उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप