एमाले कर्णाली प्रदेश कमिटी हेरफेर, अध्यक्षमा बोगटी
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटी हेरफेर गरिएको छ । केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार प्रदेश कमिटी हेरफेर गरिएको हो । यसअघि प्रदेश सह–इन्चार्ज रहेका गोरख बोगटीलाई पार्टीको प्रदेश अध्यक्ष बनाइएको छ भने अध्यक्ष गुलाबजंग शाहलाई सह–इन्चार्ज बनाइएको एमाले प्रदेश कमिटी स्रोतले जनाएको छ । बोगटी नेपाल कम्युनिष्ट पार्टी हुँदा प्रदेश कमिटी अध्यक्ष रहेका थिए । बोगटीले सह–इन्चार्जको जिम्मेवारीमा अरुचि देखाएपछि कमिटी हेरफेर गरिएको स्रोतको भनाई छ ।
अब कर्णाली प्रदेश एमालेको अध्यक्षमा बोगटी, इन्चार्जमा यामलाल कँडेल, सह–इन्चार्जमा प्रदेशसभा सदस्य गुलाबजंग शाह र लक्ष्मीप्रसाद पोखरेलसँगै सचिवमा धर्मराज रेग्मीले पार्टी जिम्मेवारी पाएका छन् । सचिव रेग्मी माओवादी केन्द्रबाट आएका हुन् । उनलाई माओवादी केन्द्रले कारवाहीका लागि केन्द्रमा सिफारिस समेत गरिसकेको छ भने सांसद रेग्मी कुनै हालतमा पनि माओवादी केन्द्रमा नजाने दावी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण