बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

बुटवल–नारायणगढ सडक : दुई वर्ष बितिसक्दा जम्मा चार प्रतिशत काम

बुधबार, १८ चैत २०७७, ०६ : २१
बुधबार, १८ चैत २०७७

निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ । साढे तीन वर्षभित्रमा बनाइसक्नुपर्ने उक्त सडक दुई वर्ष बितिसक्दा पनि जम्मा चार प्रतिशत काम सकिएको छ । चाइना स्टेट इन्जिनियरिङ कम्पनीले सडक निर्माणको ठेक्का पाएको थियो । ठेक्का सम्झौता भएर २०७५ चैत ८ देखि निर्माण सुरु भएको आयोजनाको काम दुई वर्ष बित्दा चार प्रतिशत मात्रै सकिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।

यसअघि रोकिएको रुख काट्ने काम भने सुरु भएको छ । मध्यवर्ती क्षेत्रमा पर्ने सडकका दुवै किनारका रुख काट्न सुरु गरिएको हो । जिल्ला वनअन्तर्गत पर्ने स्थानका रुख काट्ने काम सकिएको भए पनि कानुनी अड्चनका कारण मध्यवर्ती क्षेत्र मा पर्ने रुख काट्ने काम हुन सके को थिएन । मन्त्रिपरिषद्बाट निर्णय भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रुख काट्नका लागि अनुमति दिएलगत्तै सडक विस्तार का लागि आवश्यक पर्ने रुख काट्न सुरु गरिएको नारायणगढ–बुटवल सडक सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

सो सडकखण्डको कावासोतीबाट गौडाकोटको थुम्सीसम्मको सडकको दक्षिणतर्फ रहेका वन मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले रुख काट्ने काम प्रभावित हुँदै आएको थियो । अनुमति पाएपछि अहिले केही दिन अगाडिदेखि थुम्सी तथा कावासोतीको जङ्गलमा रुख काट्ने काम भइरहेको उनले जानकारी दिए ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप