नयाँ सरकारका लागि प्रचण्डको दौडधूप
प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरुबीच छलफल सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग छलफल गरे । ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो ।
प्रतिनिधिसभा पुनःस्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल शुरु भए पनि अहिलेसम्म अविश्वासको प्रस्ताव दर्ता हुन सकेको छैन । अविश्वासको प्रस्तावसँगै नयाँ प्रधानमन्त्री पनि प्रस्ताव गर्नुपर्छ । नयाँ प्रधानमन्त्रीमा कसको नाम प्रस्ताव गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन । ओलीलाई जसपाले समर्थन गरे यही सरकारले निरन्तरता पाउनेछ । जसपालाई आफ्नो पक्षमा ल्याउन ओलीले गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा वार्ता टोली गठन गरेका छन् । गृहमन्त्री थापाले जसपाका सांसद रेशम चौधरीलाई जेलबाट छुटाउने लगायत सर्तमा वार्ता आरम्भ गरिसकेका छन् । जसपा अध्यक्ष महन्थ ठाकुरले मंगलबार सरकारसँग आफ्नो पार्टीले राखेका मागबारे वार्ता आरम्भ भएको बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटी प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव लैजाने विषयमा छलफल गरेका हुन् । देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका दाहालले त्यसलगत्तै उपराष्ट्रपति निवास पुगेर बाबुराम भट्टराईलाई भेटेका थिए ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षी नेकपाले भन्यो- कांग्रेसले चाहे सत्ता सहकार्यको ढोका खुला छ
-
इरानी आक्रमणपछि बेपत्ता भारतीय इन्जिनियरको मृत्यु
-
सवारी नवीकरण गर्दा अबदेखि चालक र सहचालकको कर कट्टी प्रमाण अनिवार्य
-
छोटो अवधिमै ठुलो परिवर्तनको अपेक्षा गर्नु व्यावहारिक हुँदैन: सांसद खरेल
-
आइतबारको सार्वजनिक बिदा तत्काल खारेज गर्न विद्यालय व्यवस्थापन समिति महासंघको माग
-
श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि अनुमोदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण